भैरहवा तौलीहवा सडक खण्डमा बस, कार र मोटरसाइकल एकआपसमा ठोक्कियो : १ जनाको मृत्यु १३ घाइते

भैरहवा तौलीहवा सडक खण्डमा बस, कार र मोटरसाइकल एकआपसमा ठोक्कियो : १ जनाको मृत्यु १३ घाइते

कपिलवस्तु : भैरहवा तौलीहवा सडक खण्डको लवनी नजिक बस, कार र मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् । 

भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । 

कार चालकको घटना स्थलमा मृत्यु भएको छ । मृतक कार चालकको सनाखत भएको छैन । कारमा सवार बाँकी २ जना  गम्भीर घाइते भएका छन् । 

बसमा सवार ४ जनाको स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ। ६ जना घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

मोटरसाइकलमा सवार २ जनाको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.