कोशीमा कांग्रेसको सम्मेलन आज, डाक्टर शेखरले बहिष्कार गर्ने

कोशीमा कांग्रेसको सम्मेलन आज, डाक्टर शेखरले बहिष्कार गर्ने
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलन आज (शनिबार) प्रदेश राजधानी विराटनगरमा हुँदैछ । 

गृहनगर विराटनगरमा पहिलोपटक हुन लागेको सम्मेलनमा इतर पक्षका नेता डाक्टर शेखर कोइरालाले बहिष्कार गर्ने भएका छन् । आसनग्रहणका लागि दोस्रो वरीयता नपाउने भएपछि सम्मेलनमा कोइराला सहभागी नहुने भएका हुन् । विराटनगरको कार्यक्रम छाडेर उनी चितवनतर्फ लागेका छन् ।

प्रदेश सम्मेलनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । सम्मेलनका लागि देउवासहितका केन्द्रीय नेताहरु विराटनगर आइपुगेका छन् । डाक्टर कोइरालाका निजीसचिव दिनेशचन्द्र थपलियाका अनुसार शनिबार कोइराला चितवनमा आयोजित दुईवटा शोकसभामा सहभागी हुनेछन् ।

गृहनगर विराटनगरमा हुने प्रदेश सम्मेलनमा सभापतिपछिको ‘पोर्टफोलियो’मा आफूलाई आशनग्रहण गराउनुपर्ने प्रस्ताव कोइरालाको थियो । तर, प्रदेश समितिले केन्द्रीय समितिको ‘रोलक्रम’ अनुसार आसनग्रहण गराउने भनेपछि कोइरालाले बहिस्कार गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवापछिको वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । १४ औं महाधिवेशनमा सभापतिमा पराजित कोइरालाले खड्काभन्दा माथि आफ्नो वरीयता हुनुपर्ने बताउँदै आएका छन् ।

सम्मेलनमा उपस्थितिका लागि कोइरालासहितका केन्द्रीय नेताहरुलाई निम्तो गरिएको नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए । ‘प्रदेश सम्मेलनमा सबै नेतालाई बोलाएका छौं । को आउने, को नआउनेभन्ने कुरा कार्यक्रम सुरु भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय समितिले ‘पोर्टफोलियो’ व्यवस्थापन गरेको छ । त्यसलाई प्रदेश समितिले स्वीकार गर्ने हो ।’

कोइरालाले प्रदेश सम्मेलनअघि मंसिर १८ गते विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिको सम्मेलन नाम दिएर ‘गुट भेला’को आयोजना गरेका थिए । सम्मेलन १९ गते बेलबारीमा सम्पन्न भयो । यो भेला रोक्नका लागि संस्थापन पक्षले प्रयास गरेपनि सकेन । केन्द्रको सर्कुलरतविपरीत कोइराला पक्षले भेला गरेको हो । 

कांग्रेसको कोशी प्रदेश समितिमा संस्थापन पक्षको बहुमत छ । संस्थापन पक्षले उपसभापति पूर्णबहादुर खड्कालाई पनि बोलाएको छ । उनी विराटनगर आइसकेका छन् । डाक्टर कोइराला पक्षका सभापति भएको लुम्बिनी प्रदेशको सम्मेलनमा भने उनी दोस्रो वरीयतामा थिए । २०८० मंसिर १६ र १७ गते भएको उक्त सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का उपस्थित थिएनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.