लुम्बिनीको ब्याटिङ धरापमा, १९ रनमा पाँचौं विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायसन्सको ब्याटिङ धरापमा परेको छ। लुम्बिनील १९ रन बनाउँदा ५ विकेट गुमाउनुपरेको छ।
पहिलो ओभरमै ओपनर अर्जुन साउद र उन्मुक्त चन्दलाई गुमाएको लुम्बिनीले क्रमशः कप्तान रोहित पौडेल, टम मुरेज र साद बिन जफरको विकेट गुमाएको हो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले ३ र स्कटले २ विकेट लिएका छन्। सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।