जैबको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको लगातार तेस्रो जीत, लुम्बिनी फेरि पराजित

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत दर्ता गरेको छ। लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले तेस्रो जीत निकालेको हो।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो।
सुदूरले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीको लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए। उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै अविजित रहे। उनी एनपीएलमा अर्धशतक प्रहार गर्ने १२ औं खेलाडी बने। अन्तिम ब्याटर दुर्गेश गुप्ता शुन्यमा अविजित रहे।
लुम्बिनीका शीर्ष क्रमका ५ ब्याटर चल्न नसक्दा लुम्बिनीले २० ओभरमा १४२ रन बनाएको हो। लुम्बिनी लायन्सले पहिलो पावर प्लेमै शीर्ष क्रममा पाँच ब्याटरलाई गुमाएको हो।
१८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ६ ओभरको खेल सकिँदासम्म शीर्ष क्रममा पाँच ब्याटरलाई गुमाइ ३६ रन बनाएको थियो।
लुम्बिनीका ओपनर अर्जुन साउद ‘गोल्डेन डक’ भए। अर्का ओपनर उन्मुक्त चन्द पनि चार रनमै पभेलियन फर्किए। यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका कप्तान रोहितकुमार पौडेलले पनि आज पाँच रनमात्रै थप्न सके। टम मुरेसले सात रन जोडे। साद बिन जफर पनि ‘गोल्डेन डक’ भए। लुम्बिनीबाट हाल क्रिजमा रहेका सन्दीप जोरा १० र विवेक यादवले ३७ रनको साझेदारी गर्ने कोशिस गरे।
सन्दीप जोराले २६ बलमा १ छक्का सहित २० रन बनाए। दिनेश अधिकारीलृ १६ बलमा २ चौका सहित १४ रन बनाए। सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैब जैबले समान ३-३ विकेट लिए। स्टक कुग्गेलेनले २ र अभिनास बोहोराले १ विकेट लिए।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो।
सुदूरपश्चिमबाट जैबल सर्वाधिक ९० रन बनाए। उनले १ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ९० रन बनाए। उनलाई रेमन सिमोन्डले उन्मुक्त चन्दको हातबाट क्याच आउट गराए।
जैबले अर्का ओपनर विनोद भण्डारीसँग ४९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई बलियो सुरुआत दिलाएका थिए। यस्तै, उनले दोस्रो विकेटका निम्ति ब्रान्डन म्याकमुलमसँग ५६ रनको साझेदारी गरेका थिए। विनोदले सुदूरपश्चिमको खातामा १७ रन थपे। रोहितुकमार पौडेलले गरेको सातौँ ओभरको तेस्रो बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले १३ बलमा दुई चौका प्रहार गरे। ब्रान्डन म्याकमुलमले २० बलमा एक छक्का र एक चौकासहित २३ रन बनाए। म्याकमुलमलाई १३.४ ओभरमा विवेक यादवले साद बिन जफरबाट क्याच गराएका थिए।
तेस्रो विकेटका रुपमा सैब जैबको विकेट पतन भयो। चौथो विकेट पाँचौं ब्याटरका रुपमा मैदानमा आएका आरिफ शेख गोल्डेन डक भए।
सुदूरका लागि दिपेन्द्र सिंह ऐरी ३९ रनमा अविजीत रहे। भने अर्का ब्याटर स्कट कुग्गेलिन ११ रनमा अविजीत रहे। लुम्बिनीका लागि रेमोन सिमोन्डले २ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए।
एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजीत भएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजीत भएको थियो।
३ खेलमा ३ जीत निकालेको सुदूरपश्चिम हाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा ६ अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहेको छ । ३ खेलमा २ जीत निकालेको चितवन ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
