चीन भ्रमण र उपनिर्वाचनको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक

चीन भ्रमण र उपनिर्वाचनको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले) ले केन्द्रीय सचिवालयले सचिवालय बैठक बोलाएको छ। मंगलबार दिउँसो ४ बजे पार्टी एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। 

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। चार दिने चीन भ्रमणको क्रममा चीनका राष्ट्रपति सि चिनफिङले ५०० मिलियन अर्थात् नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड थप अनुदान दिने घोषणा गरेका थिए ।प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने.रू २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सि चिनफिङद्वारा थप अनुदान ५०० मिलियन (करिब नेरू ९ अर्ब ३४ करोड) घोषणा भएको छ।’

भ्रमणको क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरु रहेका छन्। भ्रमणका क्रममा भएका सम्झौतामा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल, नौतले वसन्तपुर दरबार पुन:निर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी भएको उल्लेख छ।

अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको ओलीले जानकारी दिएका छन्। ‘अस्ति मैले आमसभामा पनि ऋण लिन जाँदै छैनौं। ऋण सम्बन्धि कुरा पनि चलेन, छलफल पनि भएन। हामीले यस पटक बीआरआईअन्तर्गतका विभिन्न परियोजनाका कुरा गर्‍यौं।’हरेक परियोजनामाअन्तर्गत पछि  हामी छुट्टै छलफल गर्छौं, सम्झौता गर्छौं, कसरी कार्यान्वयन गर्ने भनेर।’ विमानस्थलमा ओलीले थपे,‘हामीले अहिले जे प्राप्त गरेका छौं, सम्झौता ऋण होइन। ऋणको कुरा किन आउँछ। ऋणको सारंगी किन पटक-पटक बजिरहेको छ। ह सञ्चारमाध्यमबाट पनि सोही अनुसार समाचार आएका छन्। ऋणसँग सरोकार राख्दैन, हरेक प्रोजेक्टको छुट्टाछुट्टै सम्झौता हुन्छन्।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.