१० ओभरमा कर्णालीको ६६ रन
काठमाडौं : नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुस्त सुरुवात गरेको छ। १० ओभरको समाप्तिमा कर्णालीले २ विकेटको क्षतिमा ६६ रन बनाएको हो। कर्णालीका देव खनाल ३३ र विलियम बोसिस्टो २४ रनमा खेलिरहेका छन्।
यसअघि कर्णालीले कर्णालीले पावरप्लेमा ३२ रन बनाएको थियो। दोस्रो ओभरको दोस्रो बलमा प्रतिश जिसीले शिखर धवनलाई बोल्ड आउट गरे। उनले ५ बलमा १ चौका प्रहार गरे।
चाड्विक वाल्टन १ रनमै विकेटकिपर लोकेश बमबाट स्टम्पिङ आउट भए। विराटनगरका लागि प्रतिश जिसी र क्रिस सोलले १/१ विकेट लिए।