चीनसँग भएको बीआरआई सम्झौतामा विवाद नगरौं, कांग्रेसकै सहमतिमा भएको हो : गृहमन्त्री लेखक

चीनसँग भएको बीआरआई सम्झौतामा विवाद नगरौं, कांग्रेसकै सहमतिमा भएको हो : गृहमन्त्री लेखक
फाइल तस्बिर ।
सुन्नुहोस्

विराटनगर : गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धी सम्झौता काँग्रेससँगको सहमतिमै भएको बताएका छन्। नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको दाबी गरेका हुन्।

उनले भने, ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो। यसमा अन्यथा सोच्न जरुरी छैन।’ 

गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको बताए । कांग्रेस नेता लेखकले भने,‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ।’ 

संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउन गरिने बताए । संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उनको भनाइ छ। कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुर्‍याउनुपर्नेमा गृहमन्त्री लेखकको जोड दियो। उनले भने, ‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदैछ । यो संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.