कर्णाली याक्सको दोस्रो जित, विराटनगर स्तब्ध

कर्णाली याक्सको दोस्रो जित, विराटनगर स्तब्ध
तस्बिर : एनपीएल
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दोस्रो जित हासिल गरेको छ। कर्णालीले विराटनगर किङ्सलाई ७ रनले पराजित गरेको हो। कर्णालीले जनकपुरसँग ८ विकेट र काठमाडौंसँग ३ विकेटको हार बेहोरेको कर्णालीले चितवनमाथि ६ विकेटको जित हाँसिल गरेको थियो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको थियो। कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको हो।

अन्तिम ओभरमा १५ रन चाँहिदा नन्दन यादवले जम्मा ७ रन दिँदै कर्णालीले अन्तिम समयमा जित निकालेको हो। विराटनगरका लागि कप्तान सन्दीप लामिछाने ६ र प्रतिश जिसी ७ रनमा अविजित रहे। विराटनगरका लागि निकोलस क्रिटोनले सर्वाधिक ४० रन बनाए। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

विराटनगरले पावरप्लेमा विराटनगरले ३ विकेट गुमाउँदै ३६ रन बनाएको थियो। ओपनरद्वय लोकेश बम १९ र मार्टिन गप्टिल ४ रनमा आउट भए। अकिब इलियास ८ रनमा पेभेलियन फर्किए। विराटनगरले १० ओभरमा ४ विकेट गुमाउँदै ५३ रन बनाएको थियो। 
पाँचौं विकेटको रुपमा वसिर अहमदको विकेट गयो। उनलाई ८ रनमा नै युनिस विक्रम ठकुरीले कट एण्ड बोल्ड गरे। 

छैटौं विकेट विराटनगरले दिपक बोहोराको विकेट गयो। उनले निकोलस क्रिटोनसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे। 
सातौं विकेट निकोलस क्रिटोनको गयो। उनलाई नन्दन यादवले १७.४ ओभरमा बोल्ड आउट गरे। 

कर्णालीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट लिए। विपिन शर्माले २ र विलियम बोसिस्टो युनिस विक्रम ठकुरी र सोमपाल कामीले समान १/१ विकेट लिए।
त्यसअघि, कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन्। 

त्यस्तै, ओपनर देव खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै क्याच आउट भए। ओपनर शिखर धवन ५, चाड्विक वाल्टन १, जिसन मक्सुद २ रन बनाए भने ४ खेलाडी डकआउट भए। अन्तिम ओभरमा ४ विकेट गुमायो। अन्तिम ओभरको ३ बलमा ३ विकेट जाँदा कर्णाली अलआउट भएको हो। 
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए।  क्रिस सोल, वसिर अहमदले समान २/२ विकेट लिए। अकिव इलियासले १ विकेट लिए। 
विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेट, सुदूरपश्चिमसँग ९० रनले हार बेहोरेको थियो भने लुम्बिनी लायन्समाथि २ विकेटको जित निकालेको थियो। 
आइतबार पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुनेछ। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स् र चितवन राइनोजबीच हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.