अशक्तलाई बाख्रा हस्तान्तरण
नुवाकोट : नुवाकोटको तारकेश्वरमा अपांगता भएकालाई पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको छ। सोही अन्तर्गत अपांगता भएकालाई बाख्रा हस्तान्तरण गरिएको छ।
अपांगता मानव अधिकार मञ्च नुवाकोटले र बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिविकोपार्जन कार्यक्रम अन्तर्गत तारकेश्वर गाउँपालिकाका अपांगता भएका १० जनाको लागि बाख्रा हस्तान्तरण गरेको हो। तारकेश्वर १ दाङसिङमा वास्तविकता पहिचान गरि बाख्रा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।