टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुन्नुहोस्

धरान : सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित टिपर गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नंको टिपरले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले बताए। 

टिपरको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै ३:३० बजे मृत्यु भएको उपरीक्षक तिमल्सिनाले बताए। उक्त घटनापछि स्थानीयले टिपर आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उनले बताए। 

ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका–१६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सरीलाई इलाका प्रहरी कार्यलय देवानगञ्ज सुनसरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.