लगातारको जितले ढुक्क सुदुर, लुम्बिनीलाई बलिङ नचल्दा सकस

लगातारको जितले ढुक्क सुदुर, लुम्बिनीलाई बलिङ नचल्दा सकस
सुन्नुहोस्

नेपाल प्रिमियर लिग(एनपीएल) मा सबैभन्दा बलियो टिमको रुपमा सुदुरपश्चिम रोयल्स सबैभन्दा बलियो देखिएको छ। टिमको सबै पक्ष निकै बलियो देखियो। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा खेलिरहेको टिम सुदुरले ३ खेलमा ३ बलियो जित दर्ता गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ।

सबै खेल जितेपछि टिमका प्रशिक्षक रहेका जगत टमटा निकै खुसी देखिन्थे। उनी भन्छन्, ‘देशभरीबाट नै हामीलाई हाम्रो समर्थकले निकै माया दिनुभएको छ। हाम्रो खेलाडीले पनि राम्रो खेलिरहेका छन्। ओपनिङमा विनोद र सैबको साझेदारी निकै राम्रो बन्यो।’ लगातार तेस्रो खेल जितेपछि प्रशिक्षक टमटाले भने।

सुदुरका लागि आज लुम्बिनीको हातबाट खेल खोसेका खेलाडी हुन्, सैब जैब। उनले ब्याटिङमा ९० रन बनाउँदा लुम्बिनीको विकेट पनि खोसे।

सुदुर एक सन्तुलित टिम पाएर निकै खुसी छ। युवा खेलाडीको पनि राम्रो प्रदर्शन जसमा यू१९ खेलेर फर्किएका नरेनले काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिए।

सुदुरको टिम र जनकपुरको टिम हालसम्म लिगमा देखिएको राम्रो टिम हो। जसमध्ये टिमको सन्तुलनको आकाँडालाई तुलना गर्ने हो भने सुदुरपश्चिमको टिम निकै राम्रो छ।

व्याक्तिगत प्रदर्शनसँगै टिममा बनेको राम्रो समझदारीले पनि सुदुरको टिम पिचमा राम्रो छ।

बलिङ, ब्याटिङ र फिल्डिङ तिनै पक्षमा यो टिममा खासै गल्ती भेटिँदैन। विदेशी खेलाडीका रुपमा टिममा आवद्ध भएका रोहन मुस्तफा भने घर फर्किएका छन्। उनले पारिवारिक समस्या देखाइ घर फर्किएका हुन्।

उनी अब लिगमा नफर्किने टिमका प्रशिक्षक जगत टमाटाले भने, ‘रोहनको घरायसी समस्या देखाएर ऊ घर फर्किइसकेको छ। सायद अब फर्किँदैन होला।’

सुदुरमा भएका उनी एकमात्र यस्ता विदेशी खेलाडी थिए, जसले मैदानमा सुदुरलाई त्यति राम्रो साथ दिन सकिरहेका थिएनन्। उनको फिटनेसमा पनि समस्या देखिइरहेको थियो। उनी रन लिन दौडदाँ थकित देखिन्थे। हाल यूएईको टिमबाट पनि ओझेलमा परेका मुस्तफाले एनपीएलको पहिलो सिजनमा आफ्नो यात्रा टुंग्याएका छन्।

सुदुरले पहिलो खेलमा जसरी सुरुवात गर्यो। त्यो नै ‘सुदुरको सान मैदानमा तुफान’ जस्तै थियो। विराटनगरमाथि पहिलो खेलमा ९० रनको जित, त्यसपछि दोस्रो खेलमा काठमाडौंलाई ७३ र तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले हराएको सुदुरको लय निकै राम्रो छ।

लुम्बिनीलाई प्लेअफ पुग्न सकस

पहिलो, दोस्रो र तेस्रो खेलमा हार बेहोरेको लुम्बिनी हाल खाता नै नखोली अंक तालिकाको पूच्छरमा रहेको छ। राष्ट्रिय टिमका समेत कप्तान रहेका रोहित पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीले हालसम्म कुनै खेल जितेको छैन।

अब प्लेअफको सम्भावना कायमै राख्ने हो भने कप्तान रोहितको टिमले बाँकी रहेका सबै खेल जित्नुपर्छ।

टिम हेर्दा ब्याटिङमा राम्रो लाइनअप भएको टिम हो। तर यो टिमको मुख्य समस्या बलर नचल्नु हो। पहिलो खेलमा दुर्गेश गुप्ताको उत्कृष्ट स्पेल थियो तर दोस्रो खेल देखि उनले पनि विकेट निकाल्न सकि रहेका छैनन्।

पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भयो।पहिलो खेल १ बल बाँकी रहँदा विराटनगरसँग २ विकेटको हारले लुम्बिनीलाई ब्याकफुटमा लग्यो। जितिसकेको खेलमा अन्तिम ओभरमा १५ रन जोगाउन नसक्दा लुम्बिनीको हातबाट खेल गुम्यो। 

लुम्बिनीले दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग  १० विकेटको फराकिलो हार बेहोर्यो। तेस्रो खेलमा पुन ४५ रनले पराजय भोगेको रोहितको टिमले सबैभन्दा धेरै सुधार गर्नुपर्ने पक्ष भनेको बलिङ हो।

अर्को पक्ष भनेको लुम्बिनीको फिल्डिङ पनि त्यति बलियो हुन सकेको छैन। 

बलिङमा तिव्र गतिका बलरले रन खाइरहँदा त्रिवीको पिचमा स्पिनरले केही राहत दिलाइरहेका छन्। तर लुम्बिनीको पक्षमा हेर्ने हो भने बलिङ युनिटमा केही पनि काम गरेको छैन। यो कुरा प्रशिक्षक नन्दन पड्निस पनि भन्छन्, ‘हाम्रो बलिङमा बनाएको कुनै पनि रणनितीले काम गरिरहेको छैन।’ उनले लगातार तेस्रो खेल हारेपछि पत्रकारसँग भने। उनी भन्छन्, ‘हाम्रो योजना हामीले मैदानमा देखाउन सकेका छैनौं।’

अघिल्ला दुई खेलमा राम्रो ब्याटिङ गरेको लुम्बिनीको टिमले तेस्रो खेलमा भने पावरप्लेमा नै ५ विकेट गुमाइसकेको थियो। तेस्रो खेलमा लुम्बिनीका लागि राम्रो पक्ष भनेको विवेक यादवको ब्याटिङ हो। ‘हामीले अघिल्ला दुई खेलमा ब्याटिङ राम्रो गरेका थियौं तर तेस्रो खेलमा हामीले ब्याटिङमा पनि राम्रो गर्न सकेनौं।’

अघिल्ला ३ खेल हार्दै निकै कठिन अवस्थामा रहेको लुम्बिनी जनकपुरसँग फरक अन्दाजमा देखिने छ। ‘हामीले आउने खेलहरुमा राम्रो गर्न सक्छौं भन्नेमा आशावादी छौं। जनकपुर निकै राम्रो टिम हो। तर हामी जनकपुरसँगको खेलमा नयाँ तरिकाले सुरु गर्न चाहन्छौं।’ प्रशिक्षक नन्दनले भने।

लुम्बिनीको लागि जनकपुरसँगको खेल डु या डाइ(गर या मर) को खेल हो। यदि चौथो खेल पनि हारेको खण्डमा लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना नै सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.