जनकपुर बोल्ट्सलाई पहिलो झड्का
काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो खेलमा जनकपुर बोल्ट्सको पहिलो विकेट गएको छ। टस जितेर पहिले बलिङ गरेको लुम्बिनी लायन्सका साद बिन जफरको बलमा आसिफ शेख क्याच आउट भएका हुन्।
उनलाई विवेक यादवले क्याच आउट गरेका हुन्। आसिफले १० बलमा १६ रन बनाएर बाहिरिए।
टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्। अहिले जनकपुर बोल्ट्सले ५.३ ओभरमा १ विकेटको क्षतिमा ४८ रन बनाएका छन्।
लुम्बिनीले ३ खेलमा हार बेहोरेर दबाबमा छ। यस अगाडि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
जनकपुरले यस अगाडि लगातार तीन खेल जितेको छ।