काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेमा सुस्त सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १ विकेट गुमाउँदै ३७ रन बनाएको हो।
लुम्बिनीले पहिलो विकेटका रुपमा ओपनर ब्याटर अशुतोष घिरौया ८ रन बनाउँदै ललित राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटको जित निकालेको थियो। लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेट, पोखरा एभेन्जर्ससँग १० विकेट र सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको हो।