एनपीएल : १० ओभरमा लुम्बिनीले ६४ रन पूरा गर्‍यो

एनपीएल : १० ओभरमा लुम्बिनीले ६४ रन पूरा गर्‍यो
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जानकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १० ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेमा १ विकेट गुमाउँदै ३७ रन बनाएको थियो। 

लुम्बिनीले पहिलो विकेटका रुपमा ओपनर ब्याटर अशुतोष घिरौया ८ रन बनाउँदै  ललित राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए। 

७.३ ओभरमा लुम्बिनीले ५० रन पूरा गर्‍यो। 

१० ओभरमा अन्तिम बलमा शेर मल्लले अर्जुन साउदलाई बोल्ड आउट गरेका हुन्। जनकपुर र लुम्बिनी दुवैको यो चौथो खेल हो। जनकपुर अविजित छ भने लुम्बिनी हालसम्म कुनै खेल जित्न सकेको छैन।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटको जित निकालेको थियो। लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेट, पोखरा एभेन्जर्ससँग १० विकेट र सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.