चितवनले १० ओभरमा ६६ रन जोड्यो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं दिनको दोस्रो खेलमा चितवनले १० ओभरमा ६६ रन जोडेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गरेको चितवनले १० ओभरमा १ विकेट गुमाउँदै ६६ रन बनाएको हो ।
चितवनले पावरप्लेमा १ विकेट गुमाउँदै ३५ रन बनाएको थियो । पहिलो विकेटका रुपमा चितवनले ओपनर सन्तोष कार्कीलाई ३.१ ओभरमा ९ रन बनाउँदै पेभेलियन फर्किएको छ ।
हाल क्रिजमा हसन इसाखिल ३७ र विपिन रावल १७ रनमा खेलिरहेका छन् । यी दुईले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गर्दै खेलिरहेका छन् ।
दुवै टिमको यो चौथो खेल हो । चितवनले २ जित र १ हारसहित ४ अंक बटुलेको छ । सुदुर भने ३ खेलमा ३ जितसहित ६ अंक बटुलेको छ ।
चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ८७ रनले जित निकालेको थियो । कर्णाली याक्ससँग भने चितवनले ६ विकेटको हार बेहोरेको थियो । सुदूरले भने पहिलो खेलमा विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो ।