नुवाकोटमा आमासहित २ नाबालकहरू मृत फेला

नुवाकोटमा आमासहित २ नाबालकहरू मृत फेला
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको पश्चिमी ग्रामीण भेग नुचेतमा आमासहित दुई नाबालक छोराहरू एकै स्थानमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

किस्पाङ गाउँपालिका १ नुचेत, भाल्चेमा आइतवार रेशबहादुर घलेको घरभित्र कोठामा उनकी पत्नी र दुई छोराहरू झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।  

घरभित्र कोठामा आमा २४ वर्षीया चन्दीमाया तामाङ, ६ वर्षीय छोरा रोशन घले र अर्का छोरा ३ वर्षीय रोमन घले झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । 

घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय विदुर नुवाकोटवाट प्रहरी नायव उपरीक्षक तीलक भारतीको एउटा टोली र फिकुरी प्रहरीचौकीबाट प्रहरी अधिकृतको छुट्टै टोली घटनास्थल पुगेको छ । स्थानीयवासीले प्रहरीलाई दिएको जानकारी अनुसार शनिवार  मृतक महिला र पति रेशवहादुर घलेबीच घरायसी विवाद भएको थियो । 

गाउँमा बिहानको समयमा पति रेशबहादुर बारीमा केराउ टिप्न गएको समयमा घटना घटेको स्थानीयवासीले बताए । स्थानीयवासीका अनुसार मृतक महिलाले जेठानी प्रेममायालाई छुट्टै कोठाभित्र चुक्कुल लगाएर गएकी थिइन्।

अघिल्लो दिन मृतक र पतिबीच घरायसी विवाद हुँदा पति रेशवहादुरले पत्निलाई दुई थप्पड पनि हानेको सोधपुछबाट जानकारी आएको डिएसपि तीलक भारतीले बताए । घटनास्थलमा सर्वसाधारण, आफन्तको ठूलो भीड लागेको छ । 

मृतक महिलाले कोठाभित्र आफू मर्न लागेको आफन्तलाई टेलिफोन गरेर भनेको र त्यसपछि आफन्तहरू दौडादौड गरेर उनको घर पुग्दा घटना घटिसकेको जानकारी आएको स्थानीय शिक्षक रवीन्द्रनाथ न्यौपानेले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.