तेस्रो विकेट पतन

सुदूरपश्चिम रोयल्सविरुद्ध कुशल मल्लले लिए एकै ओभरमा दुई विकेट

सुदूरपश्चिम रोयल्सविरुद्ध कुशल मल्लले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुलेन र बिनोद भण्डारी आउट भएका हुन्। 

४.४ ओभरमा मल्लले म्याकमुलेन पेभेलियन फर्काए। उनले ९ बलमा १३ रन बनाए। ४.१ ओभरमा मल्लको बलमा भण्डारीलाई लोफ्टी-इटनले क्याच आउट गरे। भण्डारीले ८ बलमा १० रन बनाए।

त्यस अगाडि १.६ ओभरमा रिजन ढकालको बलमा सैफ जैबलाई रञ्जित कुमारले क्याच आउट गरे। सैफ ११ बलमा १८ रन बनाएर पेभेलियन फर्किए।

अहिले सुदूरपश्चिम रोयल्सले ५ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो। चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए। उनलाई १५.१ ओभरमा स्कट कुग्गेलिनले नरेश बुढा ऐरको हातबाट ६५ रनमा क्याच आउट गराए। उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। 

सुदूरपश्चिमका लागि स्कट कुग्गेलिनले सर्वाधिक २ विकेट, ब्रान्डन म्याकमुलेन, दिपेन्द्र सिंह ऐरी र सैफ जैबले समान १/१ विकेट लिएका थिए। आइतबार भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी  लायन्सलाई १ रनको जित निकालेको हो। दुवै टिमको यो चौथो खेल हो। चितवनले २ जित र १ हारसहित ४ अंक बटुलेको छ। सुदुर भने ३ खेलमा ३ जितसहित ६ अंक बटुलेको छ। 

चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ८७ रनले जित निकालेको थियो। कर्णाली याक्ससँग भने चितवनले ६ विकेटको हार बेहोरेको थियो। सुदूरले भने पहिलो खेलमा विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.