पावरप्लेमा चितवनको निकै खराब फिल्डिङ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले मध्यम सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावरप्लेमा ३ विकेट गुमाउँदै ४८ रन जोडेको छ।
पहिलो विकेटका रुपमा सुदूरपश्चिमले ओपनर सैब जैबलाई १८ रनमै गुमायो। दोस्रो विकेटका रुपमा विनोद भण्डारी ८ बलमा २ चौकासहित १० रनमा कुशल मल्लको बलमा क्याच आउट भए।
दिलप्रित बाजवा २ र आरिफ शेख २ रनमा ब्याटिङ गरिरहेका छन्। चितवनका लागि कप्तान कुशल मल्लले २ र रिजन ढकालले १ विकेट लिए।