१० ओभरमा सुदूरपश्चिम रोयल्सको मध्य क्रम चलेन, बनायो ६३ रन

१० ओभरमा सुदूरपश्चिम रोयल्सको मध्य क्रम चलेन, बनायो ६३ रन
तस्बिर : सुदूरपश्चिम रोयल्स
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले १० ओभरमा ६३ रन बनाएको छ । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभरमा ५ विकेट गुमाउँदै ६३ बनायो। चितवनसँगको खेलमा सुदूरपश्चिमको मध्य क्रम चल्न सकेन । 

सुदूरपश्चिमले पावरप्लेमा ३ विकेट गुमाउँदै ४८ रन जोडेको छ । पहिलो विकेटका रुपमा सुदुरले ओपनर सैब जैबलाई १८ रनमै गुमायो । दोस्रो विकेटका रुपमा विनोद भण्डारी ८ बलमा २ चौकासहित १० रनमा कुशल मल्लको बलमा क्याच आउट भए । 

तेस्रो विकेट ब्रान्डन म्याकमुलेन ९ रनमा २ चौकासहित १३ रनमा चितवनका कप्तान कुशल मल्लबाट बोल्ड आउट भए ।

चौथो विकेट आरिफ शेखको गयो । उनले ९ बलमा ४ रन मात्रै जोड्न सके । 

पाँचौं विकेट दिलप्रित बाजवाको गयो । उनलाई लोफ्टी इटोनले एलबीडब्ल्यु आउट गरे । उनले १६ बलमा १ चौका सहिचत १२ रन बनाए । 
चितवनका लागि कप्तान कुशल मल्लले २,  रिजन ढकाल, रञ्जित कुमार र निकोल लोफ्टी इटोनले समान १/१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.