काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई झड्का लागेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा ११.१ ओभरमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरी २ बलमै आउट भएका हुन्। उनले लोफ्टी इटोनले ऐरीलाई इटोनको बलमा विपिन रावलले क्याच गरेर आउट गरेका हुन्। ऐरीले २ बलमा १ रन मात्र बनाए।
चितवनसँगको खेलमा सुदूरपश्चिमको मध्य क्रम चल्न सकेन । अहिले सुदूरपश्चिम रोयल्सले १२ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा ८१ रन बनाएर खेलिरहेको छ।