संसदलाई थप प्रभावकारी बनाउन कानुनमा समयसापेक्ष सुधार आवश्यक : सभामुख घिमिरे

संसदलाई थप प्रभावकारी बनाउन कानुनमा समयसापेक्ष सुधार आवश्यक : सभामुख घिमिरे
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदलाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानुनको आवश्यकता रहेको बताएका छन् ।  संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आइतबार सिंहदरवारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले अहिले पनि पुरानै ऐनबाट संघीय संसदको काम अघि बढिरहेको भन्दै संसदलाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानुनको आवश्यकता रहेको बताएका हुन्।

उनले मुलुक संघीयतामा गएकाले ऐन कानुनलाई समयसापेक्ष बनाएर अघि बढ्नुपर्ने जिकिर गरे । कार्यपालिका,व्यवस्थापिकाबीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेकाले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

सभामुख घिमिरेले कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने र व्यवस्थापिका कार्यपालिकाको खिलापमा जान खोज्दा संसदलाई प्रभावकारी बनाउन समस्या भएको हुन सक्ने धारणा राखे। त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जनअपेक्षालाई पुरा गर्नका लागि संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मुलुकमा सुशासन कायम गर्नका लागि बहस हुन जरुरी रहेको र सांसदहरू गम्भीर हुनुपर्ने उनले बताए।

कार्यक्रममा संघीय संसद सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले संघीय संसदको प्रभावकारितामा संसद सेवाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.