‘भोएजन’ मा पूर्ण टुर प्याकेज र आम्दानी दुवै
काठमाडौं : तपाईंहरू घुम्न जाँदा के गर्नहुन्छ ? सबैजना पूर्वनिधारित समयमा निश्चित ठाउँसम्म पुग्ने, फोटो खिचाउने र एकछिन रमाइलो गरेर फर्किनुहुन्छ होला ! तर, यात्रा यतिमा मात्रै सीमित हुँदैनन्। यात्रामा अन्य कुराहरू पनि समेटिएका हुन्छन्। जस्तैः यात्रालाई कसरी रमाइलो बनाउने, कसरी प्रकृतिबाट आनन्द लिने र नयाँ परिवेशका नयाँ कुराहरू जान्ने कुराहरू समेत यात्राका महŒवपूर्ण पाटाहरू हुन्छन्। जुन विषयमा हामी अनभिज्ञ रहेका छौं। यही अनभिज्ञतालाई पन्छाउँदै भोएजन नेपाल, नेपालको यात्राको साथी बन्ने गरी आएको छ। यसले यात्रा प्रविधिमार्फत नेपाली पर्यटनलाई ‘एफिलिएट मार्केटिङ’ प्रयोग गरी विश्वका देशहरूमा पुर्याउने लक्ष्य राखेको छ।
भोएजन नेपाल एउटा ट्राभल टेक्नोलोजी प्ल्याटफर्म हो। जसले नेपाललाई विश्वसामु चिनाउन नेपालका सबैभन्दा युनिक प्याकेजहरू अपलोड गरेर सेल्स गरिरहेको छ। हालको समयमा एक्सपिरियन्सल ट्राभल चलिरहेको छ। हिँडेर घुम्नेमात्रै नभई एक्सपिरियन्स लिने ट्राभल चलिरहेको छ। यी सबै नर्मल ट्राभलबाट हटेर मानिसलाई कसरी नयाँनयाँ ठाउँ घुमाएर, नयाँ कुरा देखाएर उनीहरूलाई मनोरञ्जन दिने भन्नेमा भोएजनले जोड दिएको छ। जस्तैः यात्रा गर्दा बाटोमा स्नो लियोपार्ड देखिन सक्छ, त्यसको खोजी कसरी गर्ने भन्नेबारे कसैले ज्ञान राखेको हुँदैन। त्यसलाई कसरी खोज्ने ? यसैगरी नेपालमा धेरै प्रकारका च्याउहरू पाइन्छ, त्यसलाई कसरी खोज्ने तथा नेपालको मौलिकताहरू खोज्ने प्याकेजहरू यसले समावेश गरेको छ।
कसरी काम गर्छ ?
भोएजन नेपाल पर्यटन र आईटीलाई कम्बाइन गरेर एफिलियट मार्केटको अवधारणामा चल्ने गर्दछ। जस्तैः भोएजनको पार्टनरहरूले त्यहाँको कुनै पनि प्याकेज अफ्नो विदेशी साथीलाई रिफर गरेर बेच्छ भने त्यसबाट ग्राहकलाई पनि कमिसन आउने गर्दछ। यसमा प्यासिभ इन्कम पनि हुने र देशमा पनि टुरिजमले कमाइ बढ्ने भएकोले भोएजनले आईटी र पर्यटनलाई सँगै लिएर विदेशमा रहेका नेपालीहरूलाई नेपाली पर्यटन प्रमोट गर्न लगाएर उनीहरूलाई पनि आम्दानी हुने र नेपालमा पर्यटन पनि हुने हिसाबले यसलाई अघि बढाएको छ।
भोएजनका सीईओ गौरव बिस्ट भन्छन्, ‘विश्वभर रहेका नेपालीहरूले विदेशका साथीहरूलाई आफ्नो देशबारे बताउँदा यो एपबाट बुकिङ गरेर जानुहोस्, यसले घुम्नेसँगसँगै कल्चर र लाइफस्टाइलका कुराहरू पनि समेटेका छ, भनेर उसलाई भोएजनको वेबसाइटबाट बुकिङ गराउनुभयो भने उहाँहरूलाई पनि प्यासिभ इन्कम हुने र नेपालमा पर्यटन पनि बढ्ने हिसाबले सोच बनाएर हामी अघि बढिरहेका छौं। ’
‘आजकल नेपालीहरू दुनियाँको हरेक कुनामा बस्नुहुन्छ र हामी सबै मिलेर पर्यटन प्रवद्र्धन गर्ने हो भने देशले आर्थिक फड्को मार्न सक्छ।’ सीईओ बिस्ट भन्छन्।
यस्तै नेपाल प्राकृतिक दृश्य, समृद्ध संस्कृति र आतिथ्य सत्कारमा धनी छ। तर, अन्य एसियाली राष्ट्रहरू जस्तै भियतनाम, कम्बोडियाको तुलनामा नेपालमा आउने पर्यटक संख्या भने कम छ। सन् २०२२ को डाटा हेर्ने हो भने, नेपालमा १०–१५ लाख पर्यटक भित्रिँदा भियतनाम र कम्बोडियामा २०– ३० लाखको हाराहारीमा पर्यटक भित्रिएको देखाउँछ।
नेपालको पर्यटन क्षेत्र उल्लेखनीय वृद्धिको मार्गमा छ। जसलाई ट्रिप एडभाइजर र न्युयोर्क टाइम्सजस्ता मञ्चहरूले विश्वका उत्कृष्ट गन्तव्यहरूमध्ये एकका रूपमा पहिचान गरेका छन्। हालै काठमाडौं, नेपाललाई विश्वको शीर्ष गन्तव्यका रूपमा पनि सूचीकृत गरिएको छ।
एसियाली राष्ट्रप्रति बढ्दै गएको पर्यटनलाई नेपाल भिœयाउन भोएजनले नेपालमा यात्राको पाटोलाई फरक धारमा व्याख्या गर्दै त्यसैबाट नेपालमा रोजगारीको सिर्जना गर्ने नयाँ पाटोलाई ध्यानमा राखेको सीईओ बिस्ट बताउँछन्।
‘हामीलाई विदेशमा रहेका डिजिटल मार्केटिङमा लागेका र जानेका मानिसले त्यसमा साथ दिने हो भने हामीले अहिलेको पर्यटन क्षेत्रलाई योभन्दा दुई गुणा माथि लैजान सक्छौँ। र यससँगै यहाँका मानिसलाई रोजगारीको समेत अवस्था सिर्जना हुन्छ।’ उनले भने, ‘एक जना पर्यटक नेपाल भित्रियो भने, नेपालका १० जनाले रोजगारी पाउँछन्, उसले एयरपोर्टबाट उत्रेर ट्याक्सी चढ्नेदेखि होटलमा बस्दा घुम्न जाने ठाउँहरूमा उसको माध्यमले १० जनाले रोजगारी पाइरहेको हुन्छ, त्यसैले हामीले नेपालमा रोजगारी सिर्जना गर्नका लागि भए पनि पर्यटनको महŒव धेरै रहेको छ।’
मेकानिकल इन्जिनियरिङ पढेका उनले नेपालमा के कुरामा बढी सम्भावना रहेको छ भन्दै खोज्दा पर्यटनमा सबैभन्दा बढी सम्भावना रहको र त्यसमा पनि नयाँ सोच बनाएर आईटीका टेक्नोलोजीहरू प्रयोग गरेर के गर्दा इभेक्टिभ हुन्छ भन्ने सोचेर पर्यटनको लागेको उनको भनाइ रहेको छ। मिडियासमेत काम गरेर अनुभव बटुलेका उनलाई त्यसमा मात्रै सीमित रहन मन भएन। अझै नयाँ काम गरौँ भन्ने भइरह्यो, उनले सम्भावना अध्ययन गरे। पर्यटन र आईटी टेक्नोलोजीको प्रयोग गज्जब सोलुसन निस्कियो। उनले त्यसैमा सबै कुरा इभेस्ट गरे। डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको भोएजनमा उनी पर्यटनलाई कसरी आईटी टेक्नोलोजीका अघि बढाउने भन्ने कुरामा लागिपरेका छन्।
नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न भोएनजलेले अमेरिकी सोसल मिडिया इन्फुएन्सर ( भिडियो ग्राफर) रोनी फर्सल्याउण्डलाई नेपाल बोलाएर नेपालका हिमालहरूलाई अमेरिकामा डिजिटल्ली प्रमोट गरेको थियो। भोएजनले हालसम्म १५ वटा टुरिजमा प्याकेज बिक्री गरेको छ। यस वर्षका लागि डिजिटल मार्केटिङको प्रयोग गरेरभन्दा पनि धेरै प्याकेज बिक्री गराउने लक्ष्य लिएको छ।
यस्तै भोएजनले यस वर्ष मसरुम पोरेजिङ प्याकेज (नेपालमा कुन कुन प्रकारका मसरुम पाइन्छ, भनेर मसरुम खोज्न) अन्नपूर्ण एक्सपिडिसन र बर्दिया सफारी (जगंलमा बस्ने, खोला नालामा खेल्ने, प्रकृतिको मज्जा लिने तथा क्यामपिङ) का प्याकेजहरू बिक्री गरिसकेको छ।
भोएजन नेपाललाई लक्जुरियस डेस्टिनेसन चिनाउने, लक्जुरियस ट्रेकिङ लागि ब्याकप्याकरमात्रै होइन नेपालमा वोल्ड क्लासको लक्जुरियस प्याकहरू पाइन्छ भनेर बनाउने कुरामा लागिपरेको गौरव बताउँछन्। जसका लागि भोएजनले डिजिटल मार्केटिङमा लागेर नेटवर्कहरू युज गरेर बढाउँदै लगिरहेका छन्।
‘हाल नेपालमा ब्याकप्याकर (थोरै पैसा खर्च गर्ने) हरू मात्रै धेरै आइरहेका छन्। तर, हामीले दिनमा हजार डलरभन्दा माथि खर्च गर्ने पर्यटक भिœयाउन सकेमा नेपालमा धेरै डलर भित्रिन्छ,’ उनले भने, ‘जसका लागि हामी विश्वभर रहेका नेपालीहरूलाई एजेन्टहरूले प्रतिव्यक्तिले खरिद गरेको प्याकेजको लागतअनुसार प्रतिलेनदेनमा ५० देखि ५०० डलर कमाउने अवसर दिइरहेका छौं। भोएजनामा कुनै पनि ट्राभल एजेन्सीहरूले सुधारिएको प्याकेजहरू लिस्ट गरेर अफिलिएटेट मार्केटिङको सहयोगले आफ्नो सेल्स बढाउन सक्नेछन्।’ यस्तै भोएजनसँग गाइडको नेटर्वक कम्पनीहरूसमेत छन्। जहाँ भोएजन कम्पनीको थु्र उनीहरूले गाइड हायर गर्ने तथा उनीहरूको टिमले गाडी तथा होटलहरू खोज्ने काम हुन्छ।
नेपालका कुनै पनि नयाँ स्टार्टअपका लागि समस्या हुन्छ। विदेशमा जस्तो इन्भेस्टरको नेटवर्क हुन्छ, लगानीकर्ताको लाइन हुने, सपोर्ट गर्ने हुन्छ। तर नेपालमा त्यो परिवेश छैन। केही वर्षअघिसम्म नेपालमा पनि स्टार्टअपका लागि सहयोग भए पनि हाल आएर केही नभएको उनको भनाइ रहेको छ।
‘पहिलाका केही वर्षहरूका स्टार्टअपलाई सपोट गरेको जस्तो (उनीहरूलाई एकै ठाउँमा राखेर उनीहरूको समस्या बुझ्ने, मार्केटिङ गर्ने, सामान कसरी बिक्री गर्ने ट्रेनिङजस्ता स्टार्टअप इन्क्युबेसन कार्यक्रम) हुन्थ्यो, तर हाल यो अवस्था छैन। ’ उनले भने।
यसैगरी उनी बिजनेस सुरुमै धेरै पैसा कमाउनेभन्दा त्यसलाई आफ्नो सपना सोचेर काम गरेमा सफल हुने बताउँछन्। ‘सुरुमा स्टार्टअप भन्नासाथ नेपालीहरूको माइन्डसेटसमेत चेन्ज गर्नुपर्ने हुन्छ। स्टार्टअप भन्दैमा सबै डुब्ने नै हो, किन गर्ने भन्ने खालको सोचलाई हटाएर, त्यसको मार्केटिङ, अपरेसनमा ध्यान दिएर काम गर्ने हो भने स्टार्टअपमा पनि धेरै ठूलो हुन सक्छ। यसैगरी इन्फाइस्टक्चर, पूर्वाधारहरू जस्तैः नेपालमा होटलहरू धेरै बनिरहेका छन्, त्यससँगै बाटोको अवस्था, फ्लाइट टिकट रिजनेबल बनाउने, हवाई सुरक्षा आदि लगायतका कुराहरूमा पनि ध्यान दिनुपर्छ,’ उनले भने, ‘आफू एकदमै डिटरमाइन्ड भएर आउनुहोस्, स्टार्टअप गर्न गाह्रो छैन। यसमा बढी कमाइन्छ भनेर आउनुभन्दा यो मेरो प्यासन हो, म यसैमा काम गर्छु भनेर आउनुभयो भने अवश्य सफल हुन्छ। छोटो समयमा नै पैसा कमाउँछु भनेर सोच्नुभएको छ भने त्यो हुँदैन किनकि यसमा धेरै अवस्ट्रकल आउँछ, समस्या हुन्छ, त्यसको लागि धैर्य राख्न सक्नुपर्छ अनि मात्रै पछि गएर राम्रो हुन्छ। जसमा दिनहुँ थोरै थोरै इफोर्ट लगाएर काम गर्ने हो भने समय लागे पनि परिणाम अवश्य आउँछ।’
यसैगरी भोएजन नेपाललाई अन्तर्राष्ट्रिय आईटी कम्पनी बनाउने सोच रहेको उनी बताउँछन्। ‘हालसम्म भोएजनमा ५० लाख इन्भेस्ट भइसकेको छ। हाल लगानी उठाउन सक्यौं भने केही समयमा नै हामी भोएजन इन्डिया अनि भोएजन थाईल्याड खोल्नेछौं,’ उनले भने।