गण्डकी प्रदेशसभाको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

गण्डकी प्रदेशसभाको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ।  सोमबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता  डा.प्रकाश शरण महतले जानकारी दिए।

कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको निधन भएपछि उक्त स्थान रिक्त थियो। यसैगरी बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गर्ने निर्णय अनुमोदन गरेको छ।

बैठकले भ्रातृ संगठनहरुको अधिवेशन चैतभित्र गर्न पार्टीले निर्देशन दिएको र तरुण दल र किसान संघले अधिवेशनको काम अघि बढाइसकेको अवस्थामा अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जनसहित पारित गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.