मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात, चिसो र हावाहुरीले स्थानीय जनजीवन प्रभावित

मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात, चिसो र हावाहुरीले स्थानीय जनजीवन प्रभावित
सुन्नुहोस्

जोमसोम : मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात भएको छ। सोमबार दिउँसो परेको हिमपातले मुक्तिनाथ क्षेत्रका डाँडाकाँढा सेताम्मे भएका छन्। 

मुक्तिनाथमा यो वर्षकै पहिलो आशिंक हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। मुक्तिनाथमा पहिलो हिमपात भयो, मुक्तिनाथ मन्दिर परिसरसँगै त्यस आसपासका क्षेत्रहरू हिउँले ढाकिएको छ, कर्मचारी सुवेदीले भने, ‘बाक्लो हिउँ पर्ने संकेत थियो, हावाहुरीका कारण थप हिउँ पर्न सकेन।’

मुक्तिनाथ क्षेत्रमा आशिंक हिउँ परेसँगै चिसो अत्यधिक बढेको छ भने मन्दिर परिसरमा परेको हिउँकै कारण मन्दिरमा दर्शन गर्ने भक्तजनलाई निकै समस्या उत्पन्न भएको छ। मन्दिर परिसरमा जमेको हिउँले मुक्तिनाथको १०८ धारामा जलसेचन, कुण्डमा स्नान गर्ने र मन्दिरमा दर्शन गर्न समस्या परेको मुक्तिनाथ विकास समितिका कर्मचारी सुवेदीले बताए।

मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात हुँदा उपल्लो मुस्ताङमा  हिमपात हुन सकेन। हिउँ पर्ने संकेत देखिएको भएपनि उत्तरी हावाहुरीका कारण पर्नमा अवरोध सिर्जना भएको हो। उपल्लो मुस्ताङमा हिउँ नपरेपनि चिसो भने अत्यधिक बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए। कार्यालय प्रमुख पौडेलले उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री नाघेको उल्लेख गरे। उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेसँगै त्यहाँका स्थानीय नागरिकको दैनिकी प्रभाव हुन थालेको छ। ‘हिउ नपरे पनि अत्यधिक चिसोको प्रभावले जनजीवन कष्ठकर बनिरहेको छ, स्थानीय नागरिक र पशुचौपायालाई व्यवस्थापन तथा पशु व्यवस्थापनमा निकै नै सास्ती पुगेको छ, कार्यालय प्रमुख पौडेलले भने, अत्यधिक चिसोका कारण घरका धारा, सेफ्टी ट्यांकी, सिँचाइ कुलो र शाखा नदी जम्ने गरेको छ।’

उपल्लो मुस्ताङका अधिकांश नागरिकहरू घरमा ताल्चा मारेर जाडो छल्न मंसिर अगावै बेसी झरिसकेका छन्। लोमान्थाङ बजार मात्रै ८० प्रतिशत नागरिक बेसी झरेकाले सुनसान छ।  उपल्लो मुस्ताङमा सञ्चालित धार्मिक गुम्बा विद्यालय, सामुदायिक स्कुलहरू पनि चिसोकै कारण बेसी स्थानान्तरण भइसकेका छन्। चिसो अत्यधिक बढेकाले पर्यटकीय उपस्थिति समेत ज्यादै कम रहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ।

उपल्लो मुस्ताङमा सीमित नागरिक यथास्थानमा रहेपनि चिसोकै कारण बाहिर निस्कने सक्ने अवस्था छैन। शौचालय प्रयोग गर्न र कुलोको पानी तताएर प्रयोग गर्नुपर्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताए। चिसोका कारण सुरक्षा निकाय बाहेक अन्य सरकारी कार्यालयमा समेत कर्मचारी बसेका छैनन्। अधिकांश नागरिक बेसी झरेकाले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका नागरिकविहीन जस्तै अवस्थामा रहेको छ।

उपल्लो मुस्ताङ जस्तै तल्लो मुस्ताङको जनजीवन समेत चिसो र हावाहुरीले निकैनै कष्ठकर  घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य भीषण थकालीले जानकारी दिए। ‘सोमबार हिउँ पर्ने छकन देखिए पनि बेजोड हावाहुरीले गर्दा हिउँ पर्न सकेन, कार्यपालिका सदस्य थकालीले भने,‘हिउँ परेको भए केही न्यानो महसुस हुन्थ्यो, हिउँ नपरेर बढी मात्रामा चिसो सिरेटोसँगै हावाहुरीले नागरिकको दैनिक जनजीवनलाई असर पुर्‍यायो। स्याउ खेतीको व्यवस्थापन गर्ने चटारो चलेको बेलामा हिउँ परेको भए स्याउ खेती गर्ने किसानलाई निकै फाइदा पुग्थ्यो।’

तल्लो क्षेत्रमा समेत चिसो बढेसँगै तापक्रम माइनस १० डिग्रीमा झरेको छ। चिसोका कारण सरकारी कार्यालयको कार्यसम्पादन, विद्यालयका बालबालिकाको शैक्षिक पठनपाठन र पर्यटकहरूलाई समस्या निम्त्याएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.