![लुम्बिनीविरुद्ध रिजन ढकालले एकै ओभरमा लिए दुई विकेट](https://annapurnapost.prixacdn.net/media/albums/rijan-dhakal-chitwan-rhinos_mBBdTM1NvS_ECsBf7Py1K.jpg)
काठमाडौं : लुम्बिनीविरुद्धको खेलमा चितवन राइनोजका रिजन ढकालले एकै ओभरमा दुई विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को आज भएको पहिलो खेलमा चितवनका ढकालले आशुतोष घिरैया र उन्मुक्त चन्दको विकेट लिएका हुन्।
दोस्रो ओभरको पहिलो र तेस्रो बलमा उनीहरुलाई आउट गरेका हुन्। ढकालको बलमा चन्दलाई विपिन रावलले क्याच गरेका हुन्।घिरैया एक रन र चन्द शून्य रनमा आउट भए।
चितवनका कप्तान कुशल मल्लले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । अहिले लुम्बिनीले २ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २ रन बनाएको छ।
लुम्बिनीले हालसम्म ४ खेलमा एउटा पनि खेल जितेको छैन। चितवनले ४ खेलमा ३ मा जित र १ हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)