लुम्बिनी लाइन्सको चौथो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लाइन्सले चौथो विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेका लुम्बिनीका टम मोरेसलाई चितवन राइनोजका खेलाडीले आउट गरेका हुन्।
७.५ ओभरमा कुशल मल्लको बलमा लोफ्टी-इटनले उनलाई क्याच आउट गरे। उनले ५ बलमा १० रन बनाएर पेभेलियन फर्किए। त्यस अगाडि अर्जुन साउदलाई रञ्जित कुमारले विकेट लिएका हुन्।
६.५ ओभरमा कुमारको बलमा साउदलाई कुशल मल्लले क्याच आउट गरे। उनले १२ बलमा १५ रन मात्र बनाए।
त्यस अगाडि चितवन राइनोजका रिजन ढकालले एकै ओभरमा दुई विकेट लिएका छन्। चितवनका ढकालले आशुतोष घिरैया र उन्मुक्त चन्दको विकेट लिएका हुन्।
दोस्रो ओभरको पहिलो र तेस्रो बलमा उनीहरुलाई आउट गरेका हुन्। ढकालको बलमा चन्दलाई विपिन रावलले क्याच गरेका हुन्।घिरैया एक रन र चन्द शून्य रनमा आउट भए।
चितवनका कप्तान कुशल मल्लले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन्। अहिले लुम्बिनीले ८ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ५० रन बनाएको छ। लुम्बिनीले हालसम्म ४ खेलमा एउटा पनि खेल जितेको छैन। चितवनले ४ खेलमा ३ मा जित र १ हार बेहोरेको छ।