काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) मा नवौं दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले कमजोर सुरुवात गरेको छ । लुम्बिनीले १० ओभरमा ४ विकेटको क्षतिमा ५७ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाउँदै ३३ रन जोड्यो ।
लुम्बिनीका लागि पहिलो विकेटका रुपमा २.१ ओभरमा रिजन ढकालले अशुतोष घिरौयालाई १ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका रुपमा २.३ ओभरमा उन्मुक चन्दको विकेट गयो । उनी डक आउट भए ।
२ ओभरको समाप्तिमा लुम्बिनी २–२ को अवस्थामा थियो । २ रन बनाउँदा २ विकेट गुमाएको लुम्बिनी ४ ओभर सकिँदा २ विकेटको क्षतिमा ८ रन बनाएको थियो ।
तेस्रो विकेट अर्जुन साउदको गयो। उनलाई रञ्जित कुमारले कुशल मल्लका हातमा क्याच आउट गराएका हुन् । अर्जुनले १२ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए । चौथो विकेट टम मोरिसको गयो । उनले ५ बलमा १ छक्कासहित १० रन बनाए।
हाल क्रिजमा कप्तान रोहित पौडेल २५ र साद बिन जफर ५ रनमा खेलिरहेका छन् । चितवनका लागि रिजन ढकालले २ विकेट र कुशल मल्ल र रञ्जित ढकालले समान १/१ विकेट लिए।