पावरप्लेमा कर्णालीले गुमायो २ ओपनर
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं दिनको दोस्रो खेलमा कर्णाली याक्सले पावर प्लेमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेको कर्णालीले पावरप्लेमा ओपनद्वयलाई सस्तैमा गुमाएको हो।
पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले पहिलो ओभरको दोस्रो बलमा देव खनाल विपिन खत्रीबाट डक आउट भए। अर्का ओपनर बाबर हायात सागर ढकालको बलमा बोल्ड आउट भए। हायातले १० बलमा १ छक्कासहित ७ रन बनाए।
हाल क्रिजमा चाड्विक वाल्टन १३ र गुल्सन झा २ रनमा खेलिरहेका छन्। पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन, दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटको हारपछि पहिलो जितका रुपमा लुम्बिनीलाई १० विकेटको जित हात पारेको हो।
कर्णालीले भने ४ खेलमा पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट, काठमाडौंसँग ३ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा चितवनलाई ६ विकेटले हराएको कर्णालीले चौथो खेलमा विराटनगरलाई ७ रनले हराएको हो।