काठमाडौं : सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो खेलमा जनकपुर बोल्ट्सले चौथो विकेट लिएको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सका अरनिको यादवले कप्तान दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमा आउट गरेका हुन्।
१२.३ ओभरमा ऐरी यादवको बलमा जोशुआ ट्रम्पको हातबाट क्याच भए।
त्यस अगाडि ११.४ ओभरमा जनकपुर बोल्ट्सका शेर मल्लले तेस्रो विकेट लिएका हुन्। मल्लको बलमा सुदूरपश्चिम रोयल्स बिनोद भण्डारीलाई जोशुआ ट्रम्पले क्याच गरे। भण्डारीले ३७ बलमा १ छक्कासहित ३७ रनको योगदान गरे।
त्यस अगाडि पनि मल्लले ८.४ ओभरमा हरमित सिंहलाई आउट गरेका हुन्। उनी ३ बलमा १ रन बनाएर बाहिरिए। त्यस अगाडि ७.४ ओभरमा हर्ष ठाकरको बलमा सैफ जैबललाई अरनिको यादवले क्याच आउट भए। सैफले २१ बलमा २१ रन बनाएर पेभेलियन फर्किए।
आज जनकपुरका कप्तान अनिल कुमार शाहले टस जितेर बलिङ रोजेका हुन् । अहिले सुदूरपश्चिम रोयल्स १३ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ७९ रन बनाएर खेलिरहेको छ।
जनकपुर ४ खेल खेलिसक्दा हालसम्म अपराजित छ। त्यस्तै समान ४ खेल खेलेको सुदुर भने ३ जित र १ हारसहित अंक तालिकामा सुदूरपश्चिम रोयल्सलाई पछ्याइरहेको छ।
सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रन, दोस्रो खेलमा काठमाडौंलाई ७३ रन, तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो। चौथो खेलमा भने चितवनसँग ३३ रनले पराजित भएको हो।
जनकपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेट, कर्णालीलाई ८ विकेट, पोखरालाई ७ विकेट र लुम्बिनीलाई १ रनले पराजित गरेको हो।