रुकुमपूर्वमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु

रुकुमपूर्वमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु
सुन्नुहोस्

रुकुमपूर्व : रुकुमपूर्वमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिस्ने गाउँपालिका-६ स्थित पाखा गाउँमा गएराती पौने ११ बजे रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटना भएको हो । 

लु प ०२००१ ह ०३५० नम्बरको अटो दुर्घटना हुदाँ सिस्ने गाउँपालिका वडा नम्बर ६ की १२ वर्षीया विष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममा मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिम बहादुर के.सीका अनुसार अटो दुर्घटनामा एकको मृत्यु र चालकसहित ४ घाइते भएका छन्। घाइते हुनेमा एउटै घरको १४ वर्षकी शुसिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षका महेन्द्र बुढा र सिस्ने गाउँपालिका वडा नम्बर ५ का अटो चालक टोप बहादुर कार्की घाइते भएका छन् ।

घाइते सबैलाई हिजो राति नै उद्धार गरिएको र एकजनाको अवस्था गम्भीर रहेकोले कोहलपुर पठाएको बताइएको छ । अन्य तीन जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान बाटो खुलेको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.