१० ओभरमा काठमाडौंले जोड्यो ४२ रन, लुम्बिनीले लियो ४ विकेट

१० ओभरमा काठमाडौंले जोड्यो ४२ रन, लुम्बिनीले लियो ४ विकेट
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध १० ओभरमा ४२ रन बनाएको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं गुर्खाजले पावरप्लेमा ४ विकेट गुमाउँदै २३ रन बनाएको थियो। 

पहिलो ओभरको तेस्रो बलमा माइकल लेभिट डक आउट भए । उनलाई रेमोन सिमोन्डले बोल्ड गरे । दोस्रो विकेट अभिषेश गौतमले स्टेफन इस्किनाजीलाई बोल्ड आउट गरे । उनले १६ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाए । तेस्रो विकेट गेरहार्ड इरास्मसको गयो । उनलाई साद बिन जफरले सन्दीप जोराको हातमा क्याच गराए । इरास्मस खाता मात्रै खोलेर पेभेलियन फर्किए । 

चौथो विकेट सुमित महर्जनको गयो । उनलाई साद बिन जफरले ५.५ ओभरमा ४ रनमा एलबीडब्ल्यु आउट गरे । हाल क्रिजमा भिम सार्की १८ रन र डान डाउथवेट ६ मा खेलिरहेका छन् । यी दुईले ५ विकेटको लागि १९ रनको साझेदारी बनाएर खेलिरहेका छन् । लुम्बिनीका लागि साद बिन जफरले २ विकेट लिए । अभिषेश गौतम र रेमोन्ड सिमोनले १/१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.