१० ओभरमा लुम्बिनीले बनायो ३९ रन

१० ओभरमा लुम्बिनीले बनायो ३९ रन
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनीले १० ओभरमा ४ विकेट गुमाउँदै ३९ रन बनाएको छ । काठमाडौंले दिएको १०४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेमा ३ विकेटको क्षतीमा १६ रन बनाएको हो । 

ओपनरद्वय आशुतोष घिरौया ४ रन र अर्जुन साउद ३ रनमा समेटिँदा तेस्रो विकेट टम मोरिसको गयो । चौथो विकेट कप्तान रोहितको विकेट गयो । उनलाई दिपेश कँडेलले एलबीडब्ल्यु आउट गराए । उनले उन्मुक्त चन्दसँग २३ रनको सझेदारी गरे । रोहितले १५ बलमा ८ रन बनाउँदै आउट भए । 

हाल क्रिजमा उन्मुक्त चन्द १३ र सन्दीप जोरा १ रनमा खेलिरहेका छन् । अशुतोष र अर्जुनको विकेट दिपेश कँडेलले लिए । टमलाई इरास्मसले बोल्ड गरे । 

काठमाडौंका लागि दिपेश कँडेलले ३ र गेरहार्ड इरास्मसले १ विकेट लिए । 

काठमाडौं गुर्खाजको यो चौथो खेल हो । अगाडिको ३ खेलमा पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा भने कर्णालीलाई ३ विकेटले हराएको हो । तेस्रो खेलमा पुन सुदूरपश्चिम रोयल्ससँग ७३ रनको हार बेहोरेको हो । 

लुम्बिनीको भने यो छैटौं खेल हो । पहिलो ४ खेलमा लगातार हार बेहोरेको लुम्बिनीले पाँचौं खेलमा भने चितवन राइनोजलाई ३३ रनले हराएको हो ।   
आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर रोयल्सलाई ७२ रनले हराएको थियो । 
११ औं दिन पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबिच हुनेछ । दोस्रो खेलमा जनकपुरबोल्ट्सले काठमाडौं गुर्खाजसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.