बन्द भएका छोटी भन्सार छिटो खुलाउन सरकारलाई सुझाव पत्र
काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोरोनाका कारण बन्द भएका छोटी भन्सार छिटो खुलाउन सरकारलाई सुझाव दिएका छन्। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा यादवले निकै राम्रो राजस्व हुने छोटी भन्सार बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको भन्दै छिटो खुलाउन सरकारलाई सुझाव दिएका हुन्।
नेपाल–भारतका नाकाहरूबाट सानो मात्रामा सामान ल्याउने नागरिकले दु:ख पाएको र सेटिङमा ठूला मात्रामा सामान भित्राउनेहरुलाई सहज भएको उनले बताए। नाकाहरूमा राजस्व छलि गरेर हुने पकेट भन्सार राम्रोसँग चलेको भन्दै उनले यसमा नियन्त्रण गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
उनले सीमा क्षेत्रमा रहेका नेपाली बजारहरूको कारोवार सुकेको र पारितर्फ भने बजार निकै चल्ने गरेको देखिएकाले यसले मुलुकको अर्थतन्त्रमा समेत असर पर्न सक्ने बताए।