अफगानिस्तानमा आत्मघाती आक्रमण, मन्त्रीसहित ४ अंगरक्षकको मृत्यु

अफगानिस्तानमा आत्मघाती आक्रमण, मन्त्रीसहित ४ अंगरक्षकको मृत्यु
सुन्नुहोस्

काबुल : अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको आत्मघाती आक्रमणमा तालिवानका शरणार्थी मन्त्री खलील रहमान हक्कानीको मृत्यु भएको छ। हक्कानी प्रार्थनाका लागि बाहिर निस्केका बेला शरणार्थी मन्त्रालयमा आक्रमण भएको थियो। जसमा चार अंगरक्षकको पनि मृत्यु भएको थियो।

आक्रमणको समयको बारेमा हालसम्म जानकारी प्राप्त भएको छैन। समाचार एजेन्सी रोयटर्सका अनुसार खलील हक्कानीका भतिजा अनस हक्कानीले काकाको मृत्यु भएको पुष्टि गरेका छन्। हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन। तर, केही मिडिया रिपोर्टहरूमा आतंकवादी समूह आइएसआइएस-के माथि शंका गरेको छ।

आइएसआइएस-के को पूरा नाम इस्लामिक स्टेट खोरासान हो। यो सिरिया र इराकमा सक्रिय आतंकवादी समूह आइएसआइएसको क्षेत्रीय शाखा हो। आइएसआइएस-के को नाम उत्तरपूर्वी इरान, दक्षिणी तुर्कमेनिस्तान र उत्तरी अफगानिस्तान सम्मिलित क्षेत्रबाट राखिएको हो।

खलील हक्कानी अफगानिस्तानमा हक्कानी नेटवर्कका प्रमुख नेताहरूमध्ये एक थिए। उनी तालिबानका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका थिए। अमेरिकाले खलिललाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो। यसमा ५० लाख डलर पुरस्कार पनि राखिएको थियो।

हक्कानी नेटवर्क र अफगान तालिबानबीच निकै राम्रो सम्बन्ध छ। सन् २०२१ मा अफगानिस्तानमा कु’ भएदेखि अफगान तालिबान र हक्कानी नेटवर्कले मिलेर सरकार चलाइरहेका छन्। तालिबान सरकारका धेरै महत्त्वपूर्ण मन्त्रालयहरू हक्कानी नेटवर्कका मानिसहरूको नियन्त्रणमा छन्।

हक्कानी नेटवर्क तालिवानको एउटा आतंकवादी समूह हो। यो अफगानिस्तान र पाकिस्तानमा फैलिएको छ। विगत दुई दशकमा हक्कानी नेटवर्कले अफगानिस्तानमा धेरै हमला गरेको छ। सन् २०१२ मा अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको थियो। संयुक्त राष्ट्र संघले पनि यस संस्थालाई प्रतिबन्ध लगाएको छ। हक्कानी नेटवर्क आतंकवादी हमलाहरूमा तथा आत्मघाती बमवर्षा गर्ने समुह भनेर परिचित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.