एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता
सुन्नुहोस्

काठमाडौं : नेपाल एसबिआई बैंक लि. र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा.लि., फूलबारी, पोखराबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण  ग्राहकहरूलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साइन्समा विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ। 

उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंक लि.का प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार देको उपस्थितिमा बैंकका गन्डकी प्रदेश प्रमुख मिन बहादुर गुरुङ तथा मेडिकल ग्रुपका प्रमूख कार्यकारी अधिकृत अनिल ओदूभिल बीच सम्पन्न भएको थियो। 

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो। 

यस सम्झौताबाट ग्राहकबर्गले बैंकको  कार्य तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरूमा १० देखि १०० प्रतिसतसम्मको छुट सुविधा उपयोग गर्न सक्ने छन्।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.