सुधारका नाममा काम रोक्ने प्रवृति अन्त्य गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुधारका नाममा काम रोक्ने प्रवृति अन्त्य गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
सुन्नुहोस्

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुधारका नाममा काम रोक्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिएका छन्। 

आर्थिक वर्ष ०८१/०८२ को मन्त्रालयगत समीक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले सुधारको नाममा हात बाँधेर बस्ने प्रवृतिलाई अन्त्य गर्दै उपयुक्त विकल्प खोजेर सहजीकरण गर्ने काममा लाग्न मन्त्री र सचिवलाई निर्देशन दिए।

‘समस्या देखियो भनेर कामबाट पन्छिने काम नगर्नुस्, मुख्यमन्त्री कँडेलले भने, बरु नियम संगत रूपमा अड्केको कसरी फुकाउन सकिन्छ त्यतापट्टी लाग्नुहोस्।’

बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नितिगत काम मन्त्री र सचिवको भएको बताउदै मुख्यमन्त्री कडेलले एउटै फाइल दुई महिनासम्म घुमिरहने तर काम नहुने प्रवृतिको अन्त्य हुनुपर्नेमा मुख्यमन्त्री कडेलको थियो। बजेटमा समेटिएका योजना र कार्यक्रम कार्यान्वयन गर्ने सवन्धमा विगतमा देखिएका कमीकजोरीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औल्याउदैं मुख्यमन्त्री कडेलले  सुधार गर्ने नाममा गर्न सकिने कामलाई पनि रोक्ने गलत मनसाय नलिन निर्देशन दिए।

नागरिकको तहबाट उठेका विभिन्न टीका टिप्पणीहरूलाई कानुन सम्मत तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्न चिन्ह खडा गर्ने तरिकालाई बदल्न समेत सुझाव दिए। चालू आर्थिकको चौमासिक समीक्षाको प्रगति सोचे अनुरूप हुन नसक्नुका कारणहरू खोजेर समाधानतिर लाग्न पनि मुख्यमन्त्री कँडेलको जोड थियो।

प्रदेश सरकार निर्देशित सरकार नभएको मुख्यमन्त्री बताउँदै कँडेलले सार्वभौम संसदले पास गरेको बजेट कार्यान्वयनलाई नियम संगत ढंगले काम गर्न कसैको मुख नताक्न पनि सुझाव दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.