अन्नपूर्णकर्मी थापालाई काठमाडौं जिल्ला तेक्वान्दोको सम्मान

अन्नपूर्णकर्मी थापालाई काठमाडौं जिल्ला तेक्वान्दोको सम्मान
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण पोस्ट् दैनिकका वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित भएका छन्। काठमाडौं जिल्ला तेक्वान्दो संघको दोस्रो वार्षिक साधारणसभाका अवसरमा थापा सम्मानित भएका हुन्।

विगत दुई दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय थापालाई पत्रकारितामार्फत नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो। शनिबार आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, नेपाल तेक्वान्दो संघका प्रवक्ता साम्राज्यविक्रम पाण्डे, केन्द्रीय सदस्य कुमार लामा घिसिङ, बब्लु सिवाकोटी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी लगायतले सम्मान गरेका थिए। 

दुई दशकभन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील थापा विगत एक दशकदेखि अन्नपूर्ण पोस्ट्मा कार्यरत छन्। उनले स्वदेशमा आयोजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासँगै विभिन्न देशमा भएका खेलकुदका मेगा इभेन्टहरूको पनि रिर्पोटिङ गरिसकेका छन्। 

उनले भारतमा आयोजना भएको दिल्ली स्टेट ह्विलचेयर तथा बास्केटबल च्याम्पियनसिप, कम्बोडियामा आयोजना भएको प्रथम खुम खमेर मुवाथाई वल्र्ड च्याम्पियनसिप, मलेसियामा आयोजना भएको आमन्त्रण फुटबल प्रतियोगिता, संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा भएको फुजराह ओपन तेक्वान्दो च्याम्पियनसिप, चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुद र वेस्ट इन्डिज तथा अमेरिकामा आयोजना भएको आईसीसी पुरुष टीट्वेन्टी विश्वकपजस्ता ठूला प्रतियोगिताको रिर्पोटिङ गरिसकेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.