भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

भक्तपुर : भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। भक्तपुर नगरपालिका-१० सूर्यविनायक निलन्चोक जोरपाटीमा जगातीबाट साँगा जाँदै गरेको बा ४६ प १२२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि पैदल यात्रीको मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरले जनाएको हो। 

दोरोम्बा नगरपालिका-४ घर भइ नलिन्चोक बस्दै आएका ७० वर्षीय निम बहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार बेलुका  ८:१५ बजे मोटरसाइकलले ठक्कर दिएपछि मध्यपुर हस्पिटल लगिएको थियो। 

गम्भीर घाइते भइ मध्यपुर हस्पिटल लगिएका उनको बेलुका  ९:४६ बजे उपचारका क्रममा मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन्। उनका अनुसार हाल प्रहरी वृत जगातीले मोटरसाइकल र चालक काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ६ बस्ने ४४ वर्षका जितेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.