विराटनगरको दोस्रो विकेट पतन

विराटनगरको दोस्रो विकेट पतन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। 

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले पावरप्लेमा २ विकेट गुमाउँदै ४५ रन बनाएको हो। 

विराटनगरले तेस्रो ओभरको चौथो बलमा ओपनर लोकेश बमलाई गुमायो। उनी ८ रन बनाउँदै डान डाउथवेटबाट एलबीडब्ल्यु आउट भए। 

दोस्रो विकेटका रुपमा विराटनगरले तेस्रो क्रमका ब्याटर निकोलस क्रिटोनलाई १२ रनमा गुमायो। उनी १० बलमा २ चौका प्रहार गर्दै रन आउट भए।

हालः क्रिजमा दिपक बोहोरा १६ र स्कोट इड्वार्ड ५ रनमा खेलिरहेका छन्। लिग चरणको दुवै टिमको यो अन्तिम खेल हो। काठमाडौंले आजको खेल राम्रो रनरेटले जितेको खण्डमा काठमाडौंको शीर्ष चारमा पुग्न सक्ने सम्भावना रहन्छ भने विराटनगर शीर्ष ४ को दौडबाट बाहिरिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.