सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा काठमाडौं गुर्खाजको तेस्रो विकेट पतन भएको छ। गेहार्ड इरासमस १२ रन बनाएर आउट भएका छन्। यसअघि माइकल लेभिट १० रन बनाएर पेभेलियन फर्किएका थिए। ६ बलमा उनले दुई चौका प्रहार गरे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले एकै ओभरमा उनीहरूको विकेट लिएका हुन्। यसअघि स्टेफेन इस्किनाजी १ रन बनाएर पेभेलियन फर्किएका थिए। विराटनगरका बसिर अहमदले उनको विकेट लिएका हुन्।
विराटनगरले काठमाडौंलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।