पावरप्लेमा काठमाडौंका आधा ब्याटर पेभेलियन फर्किए
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा काठमाडौं गुर्खाजले पावरप्लेमा ३९ रन बनाएको छ। विराटनगर किंग्सले दिएको ११८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाजले पावरप्लेमा ५ विकेट गुमाउँदै ३९ रन बनायो।
पावरप्लेमै काठमाडौंका आधा ब्याटर पेभेलियन फर्किए। पहिलो विकेटका रुपमा स्टेफन स्किनाजी १ रनमै आउट भए। दोस्रो विकेट माइकल लेभिट ६ बलमा २ चौकासहित १० रनमै सन्दीप लामिछानेको बलमा विकेटकिपर स्कट इड्वार्डबाट क्याच आउट भए।
तेस्रो विकेट गेरहार्ड इरास्मस ७ बलमा ३ चौका सहित १२ रन बनाउँदै सन्दीप लामिछानेको बलमा दिपक बोहोराको हातमा क्याच भए। चौथो विकेट भिम सार्कीको गयो। उनी क्रिस सोलको बलमा लोकेश बमको हातमा क्याच भए।
पाँचौं विकेट डान डाउथवेटको गयो। उनी ५ बलमा १ रन हान्दै क्रिस सोलको बलमा बसिर अहमदबाट क्याच भए। पावरप्लेमा विराटनगरका कप्तान सन्दीप लामीछाने र क्रिस सोलले समान २/२ विकेट लिँदा बसिर अहमदले १ विकेट लिए। आजको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सुबीच हुनेछ।