आत्महत्या रोकथामसम्बन्धी तालिम
विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा एक दिने आत्महत्या रोकथामसम्बन्धी तालिम सम्पन्न भएको छ।
नेपाल चिकित्सक संघ कोशी शाखाले शुक्रबार विराटनगरको इलिट क्लबको सभाहलमा चिकित्सकहरूलाई आत्महत्या रोकथामसम्बन्धी १ दिने प्रशिक्षण तालिम सम्पन्न गरेको हो। संघको साइन्टिफिक समितिका कोर्डिनेटर डा. पार्थ गुराइगाईंको अध्यक्षतामा सुरु भएको सो प्रशिक्षण कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञहरू डा. रञ्जन थापा र डा. प्रभात चालिसेले प्रशिक्षण दिएका थिए। विराटनगर, इनरुवा, रंगेली, उर्लाबारी, र दमकसम्मका ७० जना चिकित्सकहरू सहभागी सो प्रशिक्षणमा सहभागिता रहेको थियो।
संघका सल्लाहकार डा. नारायण कुमार, डा. शंकर अधिकारी, पदाधिकारीहरू डा. सुनील रेग्मी, डा. तेजेन्द्र कार्की, डा. अमर यादव, डा. प्रेक्षा दली, डा. रितेशकुमार सिंह र डा. राजाबाबु मण्डलको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव डा. बालकृष्ण साहले गरेका थिए। प्रशिक्षकद्वयलाई सम्मान गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले आउँदा दिनमा समय सापेक्ष प्रशिक्षण तथा अन्य कार्यक्रमहरू संघले अगाडि बढाउने लक्ष्य राखेको जानकारी दिए।
विश्वमा प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गरेको बताइएको छ। १५ देखि ३५ वर्ष उमेरका मानिसहरूको मृत्युुको दोस्रो प्रमुख कारण आत्महत्या रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा यसका घटना उच्च दरमा बढेको तथ्यांक प्रस्तुत गरेका थिए। हरेक मानिसलाई बाच्ने चाहना हुन्छन् तर पनि १ होइन एकैपटक धेरैवटा कारण थपिएकाले आत्महत्या रोज्न बाध्य हुनेगरेको बताइएको छ।
कार्यक्रमको समापनमा सहभागीका तर्फबाट बोल्दै डा. शंकर अधिकारीले कार्यक्रमका लागि संघलाई धन्यवाद दिए ।