१० ओभरमा काठमाडौंले बनायो ७३ रन

१० ओभरमा काठमाडौंले बनायो ७३ रन
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा काठमाडौं गुर्खाजले १० ओभरमा ७३ रन बनाएको छ। विराटनगर किंग्सले दिएको ११८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाजले १० ओभरमा ५ विकेट गुमाउँदै ७३ रन बनाएको हो।

यसअघि पावरप्लेमा ५ विकेट गुमाउँदै ३९ रन बनाएको गुर्खाजले त्यसपछि भने सम्हालिएको ब्याटिङ गरिरहेको छ। पहिलो विकेटका रूपमा स्टेफन स्किनाजी १ रनमै आउट भए। 

दोस्रो विकेट माइकल लेभिट ६ बलमा २ चौकासहित १० रनमै सन्दिप लामिछानेको बलमा विकेटकिपर स्कट इड्वार्डबाट क्याच आउट भए। तेस्रो विकेट गेरहार्ड इरास्मस ७ बलमा ३ चौका सहित १२ रन बनाउँदै सन्दीप लामिछानेको बलमा दीपक बोहोराको हातमा क्याच भ । 

चौथो विकेट भिम सार्कीको गयो। उनी क्रिस सोलको बलमा लोकेश बमको हातमा क्याच भए। पाँचौं विकेट डान डाउथवेटको गयो। उनी ५ बलमा १ रन हान्दै क्रिस सोलको बलमा वसिर अहमदबाट क्याच भए। 

पावरप्लेमा विराटनगरका कप्तान सन्दीप लामिछाने र क्रिस सोलले समान २/२ विकेट लिँदा, बसिर अहमदले १ विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.