कुशल भुर्तेलले एकै ओभरमा लिए सुदूरपश्चिमको दुई विकेट, पावरप्लेमा बनायो ५० रन
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा १ विकेटको क्षतिमा ५० रन जोडेको छ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरलेपहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।
यसैबीच सुदूरपश्चिमको तेस्रो विकेट पनि पतन भएको छ। विनोद भण्डारी १४ रन र ब्रान्डन म्यामुलेनल २३ रन बनाएर पेभेलियन फर्किएका छन्। कप्तान कुशल भुर्तेलले उनीहरूको विकेट लिएका हुन्।
आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको थियो।