सुदूरपश्चिमले १० ओभरमा बनायो ७० रन

सुदूरपश्चिमले १० ओभरमा बनायो ७० रन
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध १० ओभरमा ४ विकेटको क्षतिमा ७० रन बनाएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।
 

सुदूरपश्चिमले पावरप्लेमा १ विकेटको क्षतिमा ५० रन  जोडेको थियो। ३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको थियो। उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए। उनै म्याकमुलेनको विकेट कुशलले आफ्नै नाममा राखे। सुदूरपश्चिमको तेस्रो विकेटका रूपमा म्याकमुलेक २३ रन बनाउँदै सागर ढकालको हातमा क्याच भए। 

दोस्रो विकेट भने विनोद भण्डारीको गयो। उनले १६ बलमा १ चौका र १ छक्कासहित १४ रनमा कुशल भुर्तेलको बलमा विपिन खत्रीको हातमा क्याच भए।
चौथो विकेट हर्मप्रित सिंहको गयो। उनले १० बलमा १ छक्कासहति १३ रन बनाउँदै माइकल लिस्कको बलमा सुदीप अर्यालको हातमा क्याच भए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.