सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य
फाइल तस्बिर

काठमाडौं : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो। 

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पोखराविरुद्ध निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको छ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे। सुदूरपश्चिमले पहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।

३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको थियो। उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए। उनै म्याकमुलेनको विकेट कुशलले आफ्नै नाममा राखे। सुदूरपश्चिमको तेस्रो विकेटका रूपमा म्याकमुलेक २३ रन बनाउँदै सागर ढकालको हातमा क्याच भए। 

दोस्रो विकेट भने विनोद भण्डारीको गयो। उनले १६ बलमा १ चौका र १ छक्कासहित १४ रनमा कुशल भुर्तेलको बलमा विपिन खत्रीको हातमा क्याच भए। चौथो विकेट हर्मप्रित सिंहको गयो। उनले १० बलमा १ छक्कासहति १३ रन बनाउँदै माइकल लिस्कको बलमा सुदीप अर्यालको हातमा क्याच भए। 

१३.३ ओभरमा सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १०० रन पूरा गरेको थियो। पाँचौं विकेटका लागि इशान पाण्डेले आरिफ शेखसँग २२ रनको साझेदारी गरे। १८.१ ओभरमा सुदुरपश्चिमले इशान पाण्डेलाई रिटायर हर्ट गराई स्कट केग्गेलिनलाई क्रिजमा उता । छैटौं विकेट स्कट केग्गेलिनको गयो। उनले ३ बलमा २ रन बनाए। आरिफसँगै आठौं विकेटका लागि नरेश बुढा ऐर ६ रनमा अविजित रहे। 

पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिए। माइकल लिस्क, सागर ढकाल र रेमोन रेफरले समान १/१ विकेट लिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.