पोखराका लागि केग्गेलिनको कहर, पावरप्लेमा लिए ३ विकेट
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिमका स्कट केग्गेलिनले ३ विकेट लिँदा पोखराले सुस्त सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले पावरप्लेमा ३ विकेट गुमाउँदै ४१ रन बनाएको छ।
पोखराले पहिलो विकेट दिनेश खरेलको गयो। उनले १२ बलमा ३ चौकासहित १५ रन बनाए। दोस्रो विकेटका रूपमा कप्तान कुशल भुर्तेल डक आउट भए। तेस्रो विकेट दिलिप नाथको गयो। दिलिप नाथलाई केग्गेलिनले ५.५ ओभरमा १ रनमै बोल्ड आउट गरे।