खुला बाँसुरी बाजा प्रतियोगिता झिगु नेवा बाँसुरी खल प्रथम

खुला बाँसुरी बाजा प्रतियोगिता झिगु नेवा बाँसुरी खल प्रथम
सुन्नुहोस्

भक्तपुर : भक्तपुर नगरपालिकाले आयोजना गरेको खुला बाँसुरी बाजा प्रतियोगिताको उपाधि झिगु नेवा बाँसुरी खलले जितेको छ। मंसिर २८ गतेदेखि सुरु भएको भक्तपुर महोत्सवका अवसरमा सांस्कृतिक बाजागाजा संरक्षण गर्नका लागि आयोजित प्रतियोगितामा झिगु नेवा बाँसुरी खल प्रथम भएको हो। 

प्रतियोगिता २९ गते र ३० गते आयोजना गरिएको थियो। प्रतियोगितामा प्रथम भएको बाँसुरी खलले नगद पुरस्कार ५० हजार , मादल एक जोडी, ताँ एक जोडी, १ वटा झ्याली र बाँसुरी दुईवटा एक थान पछिमा बाजा हासिल गरेको छ। 

दोस्रो स्थान हासिल गरेको श्री रुद्रायणी बाँसुरी खलले नगद पुरस्कार ४० हजार रुपैयाँसहित मादल एक थान, बाँसुरी २ वटा , ताँ एक जोडी र झ्याली १ जोडी प्राप्त गरेको छ । तेस्रो स्थान हासिल गरेको श्री : नास हैमा बाजा खलले नगद पुरस्कार ३० हजार रुपैयाँसहित मादल एक थान, एक जोडी झ्याली र बाँसुरी २ वटा जितेको छ भने सान्तवना पुरस्कार हासिल गर्न सफल देवी सांस्कृतिक भजन खल र निक्वे दाफा खलले नगद पुरस्कार २० हजार रुपैयाँसहित बाँसुरी २ थान  र मादल एक थान हात पारेको छ। 

भक्तपुर नगरपालिकाबाट ३२ वटा, भगिनी नगरपालिकाहरूबाट ६ र ‌भगिनी जिल्लाहरूबाट ८ वटा गरी कुल ४६ वटा सांस्कृतिक समूहहरूले भाग लिएका थिए। प्रतियोगितामा सहभागी ४६ वटा सांस्कृतिक समूहहरूलाई पनि प्रमाण पत्र, नगद ५ हजार रुपैयाँ र मादल एक थान दिएको छ। 

विजेताहरूलाई प्रतियोगितामा समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायण मान बिजुक्छेले पुरस्कार हस्तान्तरण गरेका थिए। 

पुरस्कार हस्तान्तरण गर्दै प्रमुख अतिथि वरिष्ठ राजनीतिज्ञ बिजुक्छेले बाँसुरी बाजा दर्शकहरूलाई मन्त्र मुग्ध बजाउन सकिने बाजा भएकोले यसलाई बजाउन, प्रस्तुत गर्न सके नेवारी समुदायले मात्र हैन पूरा देशवासीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मञ्चमा समेत कला र कौसलको रूपमा प्रदर्शन गर्न सकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.