नेपाल पत्रकार महासंघ रुकुमपूर्व शाखाको नवनिर्वाचित कार्यसमिति सदस्यले लिए शपथ

नेपाल पत्रकार महासंघ रुकुमपूर्व शाखाको नवनिर्वाचित कार्यसमिति सदस्यले लिए शपथ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रुकुमपूर्व : नेपाल पत्रकार महासंघ रुकुमपूर्व शाखाको नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ । शुक्रबार भएको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वलाई आइतबार निर्वाचन समितिले शपथ खुवाएको हो । निर्वाचन समितिका संयोजक गणेश ओलीले आइतबार एक कार्यक्रमका बीच उनीहरूलाई शपथ खुवाएका हुन् ।

कुल ३३ मत खसेकोमा १७ मत प्राप्त गरेर वसन्त बाँठा मगर अध्यक्षमा निर्वाचित भएका थिए । प्रतिस्पर्धी सर्जना कार्कीलाई दुई मतको अन्तरले पराजित गर्दै बाँठा मगर निर्वाचित भएका हुन् भने कार्कीले १५ मत प्राप्त गरेका थिए । 

यस्तै खुला उपाध्यक्षमा बालाराम शेर्पाली निर्वाचित भएका छन् । प्रतिस्पर्धी उर्मिला गौतमलाई पराजित गरेर शेर्पाली खुला उपाध्यक्षमा निर्वाचित भएका हुन । शेर्पालीले १८ मत प्राप्त गर्दा गौतमले १४ मत ल्याएकी थिइन् ।  महिला उपाध्यक्षमा जमुना गौतम,सचिवमा निराजन सिर्पाली र कोषाध्यक्षमा सावीत्री खत्री पहिले नै निर्विरोध निर्वाचित भइसकेका थिए । सचिवमा निर्विरोध निर्वाचित सिर्पाली रुकुम पूर्व जिल्ला संवाददाता पनि हुन् ।

यस्तै खुला सह-सचिवमा विरस थापा निर्वाचित हुँदा प्रतिस्पर्धी चेतकुमार बिसी पराजित भए ।  थापाले १७ मत प्राप्त गर्दा विसीले १४ मत ल्याए । यस्तै समावेशी सह-सचिवमा बरम बुढा निर्वाचित हुँदै प्रतिस्पर्धी दिलचन पुनलाई पराजित गरेका छन् । बुढाले २० मत प्राप्त गर्दा प्रतिस्पर्धी पुनले ११ मत मात्र पाए ।  

लोकप्रसाद बुढाथोकी,विकास बुढा मगर, श्रीधर खड्का र सामना घर्ती खुला सदस्यमा निर्वाचित भएका छन् भने जनजाती सदस्यमा वीरप्रताब बुढा तथा दलित सदस्यमा शिखर विश्वकर्मा निर्वाचित हुँदा महिला सदस्यमा हिरा बुढा मगर निर्वाचित भएकी हुन् ।

त्यस्तै केन्द्रीय परिषद सदस्यमा बसम मल्ल तथा प्रदेश परिषद ससदमा लिङ्कन गौतम निर्वाचित भएका छन् । कुल ३४ जना साधारण सदस्य रहेको जिल्लामा ३३ मत खसेको थियो भने प्रेस सेन्टरकै बसन्त बाँठा मगर र सर्जना कार्कीको प्यानल चुनावी प्रतिस्पर्धा भएकोमा कार्की प्यानलले प्रेस युनियनलाई सहसचिव दिएर युनियनसँग तालमेल गरेको थियो ।

शपथ ग्रहणपछि मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष बसन्त बाँठा मगरले पत्रकारको हकहितका लागि सबैसँग मिलेर काम गर्ने बताए । अध्यक्ष बाँठा मगरले अघिल्लो कार्यसमितिको कामलाई निरन्तरता दिँदै जिल्लाका विभिन्न विकास निर्माणका काम तथा हरेक नराम्रा कुराहरू, विकास निर्माणका कामको ढिला सुस्ती लगायतका विषयको खबरदारीसँगै थप नयाँ कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै निवर्तमान अध्यक्ष मैत्या घर्ती मगरले आफ्नो कार्यकाल सकिए पनि आफ्नो अनुभव तथा सकेको सहयोग नयाँ टिमलाई गर्ने बताए । घर्तीले रुकुम पूर्व पर्यटनको अथाह सम्भावना बोकेको जिल्ला भएकाले अबको यो नयाँ कार्यसमितिले पर्यटन प्रवर्द्धनको प्रचारप्रसारसँगै समग्र जिल्लाको विकासको लागि काम गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.