लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ
सुन्नुहोस्

काठमाडौं : देशका विभिन्न स्थानमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन्। रूपन्देहीको कञ्चन गाउँपालिका-२ बेहोरी बस्ने ३६ वर्षीय सुशील बोहोरा र २५ वर्षीय सुरेस थारूलाई ३ सय ९० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित आइतबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी सालझण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट  २ ग्राम १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित नगरपालिका-१ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.